• Welcome to राष्ट्रिय दलित पत्रकार संघ

समावेशी मिडियाका लागि सम्पादकहरुद्वारा प्रतिवद्धता

Sun Mar 2022 Nadjon
समावेशी मिडियाका लागि सम्पादकहरुद्वारा प्रतिवद्धता

06

Mar

काठमाडौँपेज, साउन ९ । समावेशी मिडिया निर्माणका लागि सम्पादकहरुले प्रतिवद्धता पत्र जारी गरेका छन । जातीय भेदभाव तथा छुवाछूतका बिषयलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्न सम्पादकहरुले ११ बुँदे नगरकोट प्रतिवद्धता पत्र जारी गरेका हुन । जागरण मिडिया सेन्टरद्धारा साउन ८ र ९ गते आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रममा यस्तो प्रतिवद्धता गरेका हुन ।

प्रतिवद्धता पत्रमा सरकारी तथा निजी मिडियामा संविधान र समावेशीकरणको भावना अनुरुप दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितताका लागि आफुहरु प्रतिवद्ध रहेको उल्लेख छ ।

मिडिया हाउसको सम्पादकीय नीतिमा जातीय भेदभाव तथा छुवाछूत, लैङ्गिकलगायत सबै प्रकारका विभेदका बिषयलाई प्राथमिकता दिन, दलित तथा सामाजिक विट निर्माणमा सम्पादकहरुले प्रतिवद्धता गरेका छन । राष्ट्रिय आमसञ्चार नीतिलाई सामयिक बनाउदै यसका प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा प्रतिवद्धता जनाइएको छ ।

सरकारी सञ्चारमाध्यमहरु गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति लगायतका संस्थानहरुको सञ्चालक समितिमा हुने नियुक्ति समावेशी सिद्धान्तको आधारमा र सम्पादकीय समुहमा दलित समुदायको सहभागीता सुनिश्चित गर्न गराउने र समावेशी मिडियाका लागि सम्पादकहरुले प्रतिबद्ध रहेका छन ।

२०६९ सालमा गठित सञ्चार माध्ययमलाई समावेशीकरण गर्ने सम्बन्धि उच्चस्तरीय आयोगको प्रतिवेदन र त्यसभन्दा अघि गठन भएको उच्चस्तीय समावेशी मिडिया आयोगको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्न गराउने पैरवी गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

कार्यक्रममा अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी, गोरखापत्रका नायवकार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले, नागरिक खबरका सम्पादक डण्ड गुरुङ, हरेक पल अनलाइनका सम्पादक प्रकाश थापा द हिमालय टाइम्सका व्यूरो प्रमुख राजकुमार कामत, जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा, कार्यकारी निर्देशक रेम विश्वकर्मालगायत सम्पादकसहित २५ जना पत्रकारको सहभागी थियो ।

पछिल्लो समाचारहरु