राष्ट्रिय दलित पत्रकार संघ, नेपाल देशभरका झण्डै पन्ध्रसय दलित समुदायका क्रियाशील पत्रकारहरुको छाता संस्था/संगठन हो । संघको सातवटा प्रदेश कमिटि र ६२ वटा जिल्ला शाखा गठन भई क्रियाशील छ । काठमाडौँ उपत्यका एक प्रदेश बरावरको उपत्यका कमिटि रहेको छ । हाल ७७ वटै जिल्ला शाखा गठन गरी देशभर संगठन निर्माणको अभियान चलिरहेको छ । संघमा दलित समुदायका महिला, मधेशी, गन्धर्व तथा वादीसमुदाय लगायतका सीमान्तकृत वर्ग समुदायका पत्रकारहरुको सहभागिता छ । संघको आठसय जना क्रियाशील सदस्य रहेका छन । जातीय भेदभाव तथा छुवाछूत अन्त्य र सामाजिक समावेशीकरणका लागि मिडियाको माध्यमबाट सामुहिक तथा संगठित पहल र पैरवी गर्न राष्ट्रिय दलित पत्रकार संघ, नेपाल गठन भएको हो ।