• Welcome to राष्ट्रिय दलित पत्रकार संघ

संघको परिचय

संघको परिचय

राष्ट्रिय दलित पत्रकार संघ, नेपाल देशभरका झण्डै पन्ध्रसय दलित समुदायका क्रियाशील पत्रकारहरुको छाता संस्था/संगठन हो । संघको सातवटा प्रदेश कमिटि र ६२ वटा जिल्ला शाखा गठन भई क्रियाशील छ । काठमाडौँ उपत्यका एक प्रदेश बरावरको उपत्यका कमिटि रहेको छ । हाल ७७ वटै जिल्ला शाखा गठन गरी देशभर संगठन निर्माणको अभियान चलिरहेको छ । संघमा दलित समुदायका महिला, मधेशी, गन्धर्व तथा वादीसमुदाय लगायतका सीमान्तकृत वर्ग समुदायका पत्रकारहरुको सहभागिता छ । संघको आठसय जना क्रियाशील सदस्य रहेका छन । 

जातीय भेदभाव तथा छुवाछूत अन्त्य र सामाजिक समावेशीकरणका लागि मिडियाको माध्यमबाट सामुहिक तथा संगठित पहल र पैरवी गर्न राष्ट्रिय दलित पत्रकार संघ, नेपाल गठन भएको हो । दलित समुदायमाथि हँुदै आएको उत्पीडन र विभेदका विरुद्ध संघ क्रियाशील छ । जातीय भेदभाव तथा छुवाछूतका मुद्दाहरुलाई मिडियामार्फत् बहसमा ल्याउने र राज्य तथा राजनीतिक दलहरुलाई जवाफदेही बनाउने काम संघले गर्दै आएको छ । मानवअधिकार र समावेशीकरणको मद्दालाई बहसमा ल्याउनका लागि संघको स्थापना भएको हो । संविधान र कानुन कार्यान्वयनमार्फत् दलित समुदायमाथिको विभेद अन्त्यका लागि संघले अभियानहरु गर्दै आएको छ । दलित समुदायको न्याय स्थापित गर्न र नेपालको दलित आन्दोलनलाई साझा एजेण्डामा एकढिक्का बनाउनका लागि संघको स्थापना भएको हो । सामाजिक विकासमार्फत् विभेदरहित समाज निर्माण संघको मुख्य ध्येय रहेको छ ।

मिडियामा दलित समावेशीकरणको सवाल संघको मूख्य प्राथमिकता हो । मिडियामा दलित मुद्दा/बिषय र भौतिक सहभागिता समानुपातिक हुनुपर्ने संघको एजेण्डा हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक, सूचनाको हक, पूणर्प्रेस स्वतन्त्रता कार्यान्वयनको सवाल र नेपाली मिडियाको विकास र विस्तारको लागि पनि संघ क्रियाशील छ ।

दलित समुदायका पत्रकारहरुको पेशगत हकहित र सुरक्षाका लागि संघको निर्माण गरिएको हो । दलित समुदायको पत्रकारहरुको सीप तथा क्षमता विकास र नेतृत्व विकासका लागि संघले काम गरिरहेको छ । दलित समुदायका पत्रकारहरुको व्यवसायिक पत्रकारिताको सुनिश्चितताका लागि संघ गठन गरिएको हो । दलित बिषयवस्तुलाई मिडियामार्फत् सार्वजनिक बहसमा ल्याउने काम संघबाट हुदै आएको छ ।

मिडियामा दलितको साझा र सामुहिक आवाज निर्माण गरी संगठनिक पहलको काम भइरहेको छ । सञ्चारमाध्यममा दलित समुदायको समानुपातिक समावेशीकरणका लागि संघले अभियानहरु चलाउदै आएको छ । आमउत्पीडित समुदायको सामाजिक आन्दोलन तथा मानवअधिकारको आन्दोलनमा संगठनिक योगदान पुर्याउन संघको गठन गरिएको हो । दलित महिलालगायत सम्पूणर् आवाज विहिनहरुको आवाजलाई मिडियामा ल्याएर सार्वजनिक बहसको बिषय बनाउनु संघको दायित्व हो ।